उत्तरी धादिङमा हिउँ पर्यो, जनजिवन प्रभावित

Avatar photo
Dhadingpost
शनिबार, माघ २४, २०७७


सन्दिप स्याम्चेन
धादिङ माघ २४ ।
धादिङको उत्तरी क्षेत्र रुबिभ्याली र खानियाबास गाउँपालिका अन्तर्गत तिप्लिङ, सेर्तुङ, लापा र झार्लाङमा आज हिउँ परेको छ ।

हिउँ परे सँगै यी क्षेत्रमा स्थानीयहरुको जनजिवनमा प्रभाव परेको छ । यसै गरै आजै नुवाकोट जिल्लाको किम्ताङमा पनि हिउँ परेकोले स्थानीयहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।