आजः कतै वर्षा, कतै भारी हिमपात

Avatar photo
Dhadingpost
माघ २४, २०७७

धादिङ माघ २४ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र उक्त प्रभावकै कारण कतै बर्षा, कतै भारी हिमपात भएको छ भने देशभर आँशिक देखी सामान्य बदली हुँदै गएको विभागले जनाएको छ ।

महाशाखाका अनुसार आज सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

त्यस्तै, रातीसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । फाईल तस्वीर