काठमाडौं माघ २३ । सरकारले वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद ५ महिना थप गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले म्याद थप गर्ने निर्णय गर्दै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसारआज राष्ट्रपति भण्डारीले म्याद थप गर्ने अध्यादेश जारी गर्नु भएको हो ।
वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद माघ २६ गते समाप्त हुँदै थियो ।