नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट गिरफ्तार

Avatar photo
Dhadingpost
माघ २२, २०७७

काठमाडौं माघ २२ । प्रचण्ड-माधव समूहका नेतृ अष्ठलक्ष्मी शाक्य कलंकीबाट पक्राउ पर्नुभएको छ ।

प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दिन आज बिहानैदेखि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ । यहि क्रममा नेतृ शाक्यलाई कलंकीबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । त्यस्तै विभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।