काठमाडौ माघ १९ । म्यानमाको सत्तारुड पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ पर्नुभएको छ । सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उहाँ पक्राउ परेको जनाएको हो ।
म्यानमामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनावा बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो । म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उहाँलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो ।
नयाँ गठित तल्लो सदनको बैठक आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो । म्यानमाको राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।