काशिराम डाँडामा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, माघ १८, २०७७

सन्दिप स्याम्चेन

धादिङ माघ १८ । धादिङ जिल्लाको ज्वालामुखी गाउँ पालिका वडा न ३ काशिराम डाँडामा तामाङहरुको महान् पर्व सोनाम ल्होछार पवना अवसारमा अयोजित शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

अयोजक रेज्युङ दोङका छोलिङ संरक्षण समितिका अध्यक्ष उर्पा तामाङको सभापतित्वमा भएको कार्यक्रममा पुर्व कानुन तथा न्याय राज्य मन्त्री दिलमान पाख्रीनको प्रमुख आतिथ्यता, पुर्व पर्यटन राज्य मन्त्री पर्शुराम तामाङको आतिथ्यता, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य एवंम नुवाकोट जिल्ला अध्यक्ष जयमान वाइबा अतिथि ज्वालामुखी गाउँ पालिका प्रमुख बिनोद राज तिमल्सेनाको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा चर्चित तामाङ म्हेन्दोमाया कलाकारहरु युबि मोङग्रेसा,राम गोम्जा, सीता लामा, सन्दिप स्याम्चेन र बिपना तामाङले गित तथा नृत्य प्रस्तुत गरि भरपुर मनोरञ्जना दिएका थिए ।