समर्पण, त्याग र वलिदा
राष्ट्र प्रति
शाषित, पिडित र उत्पिडीत
आम नेपाली प्रति
लाल सलाम बीर सहिदहरु
सर्वहारा नेपालीका अमर सहिदहरु
झुपडी, तोल र वस्तीहरुमा
सचेतनाको संजिवनी बाड्दै
रोदन क्रन्दन र चित्कारलाई
संयमता र धैर्यतामा रुपान्तरण गर्दै
शोषक सामन्तको दासत्व जजीर चुडनल्न
अदम्य शाहस र बहादुरी समाल्दै
रणमैदानमा फहराउँदै
बीरगति प्राप्त गर्ने मुक्तिका नायकहरु
बीर सहिदहरु
लाल सलाम, लाल सलाम
प्रत्यक विद्रोह
अनेक आन्दोलन
हर क्षण, हरपल
नेतृत्वको फारी गथ्दै
युद्ध मोर्चा सम्हालेको
नयाँ जनवादको अभिष्ट
प्रतिक्रान्ति देखि समग्र
आक्रमण र प्रत्याक्रमण
युद्ध मैदानमा परेड खेलेका
उपलब्धि र पप्ती आत्म साथ गर्दै
नयाँ युगिन विहानी चिहाउन
व्यग्रता पूर्वक प्रतिदिन आँखाहरु
जाली फटाहको छाती सोझ्याउने
तिम्रा आँटिला मुटुहरु
मुक्तिमार्गमा निडरता, निर्भयता र अडिग
वीर सहिदहरु
लाल सलाम, लाल सलाम
क्रान्तिका अग्रदस्ता
स्वाभिमानका जुजारी
चेतनाका ज्वती
युगका निर्मात
रारा मुक्तिकामी
सर्वहारा वर्गका अभिभावक
निःस्वार्थ मुलुको निम्ति
दिलोज्यान दिन लालायित
तिम्रा त्याग र बलिदानमा
हामी मन्त्रमुग्ध छौं
अनी बोलिरहन मन लाग्छ
वीर सहिदहरु, यो धर्तीका मार्गदर्शकहरु
लाल सलाम लाल सलाम
इच्छा, चाहाना र मनोकाँक्षा
अझै अधुरो बन्दैछ
प्रतिक्रान्तिका,कागजीबाघहरु
नंग्रा तिखार्दै छन्
कुदृष्टि फैलाउँदैछन् ।
गंगा रिमाल
