काठमाडौ माघ १६ । टियु क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप पुरुष तर्फको एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागिय टिम आर्मीले जितेको छ ।
शनिबार सम्पन्न भएको फाइनलमा आर्मीले अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै उपाधी जितेको हो ।
टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो थियो ।