
काठमाडौं माघ १२ । नेकपाको प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल दुवै पक्षको आधिकारीकता सम्बन्धी मागदाबीलाई निर्वाचन आयोगले अस्वीकार गरि दिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको जनाउँदै आयोगले दुबै पक्षको माग दावीलाई अस्वीकार आईतबार गरिदिएको हो ।
आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गरेपछि नेकपा एउटै रहेको मानिनेछ । यससँगै आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष ओली र दाहाल नै हुनेछन् ।
