एपीएफले प्रदेश १ लाई २ सय ४४ रनको लक्ष्य दियो

Avatar photo
Dhadingpost
शनिबार, माघ ३, २०७७

काठमाडौं माघ ३ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएको खेलमा एपीएफले प्रदेश-१ लाई जितका लागि २ सय ४४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा २ सय ४३ रन बनाउँदै प्रदेश-१ लाई २ सय ४४ रनको लक्ष्य दिएको हो ।