मैदी सातदोवाटोमा भलिबल प्रतियोगिता जारी

Avatar photo
Dhadingpost
माघ ३, २०७७

धादिङ माघ ३ । धादिङको ज्वालमुखी गाउँपालिका २ मैदी स्थित सातदोवाटोमा पुरुष भलिबल प्रतियोगिता सुरुभएको छ ।

वडा स्तरीय ८ वटा क्लवहरु सहभागि उक्त प्रतियोगिताको पहिलो दिन शुक्रबार भएको दुई खेलमा नव ज्योती युवा क्लव र सातदोवाटे युवाक्लव विजयी भएको आयोजक समितिका सरोज श्रेष्ठले जानकारी दिनु भयो ।

वडा अध्यक्ष रणबहादुर शाहीको प्रमुख आतिथ्यता तथा भलिबलका राष्ट्रिय खेलाडी शरण सामरीको विशेष आतिथ्यतामा उद्घाटन भएको उक्त प्रतियोगिताको फाइनल माघ ४ गते हुने बताईएको छ ।