धादिङ पुस २६ । दश वर्ष सम्म चलेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट सहादत प्राप्त गने सहिद मध्य एक हुनहुन्छ नीलकण्ठ नगरपालिका स्थित खाल्टेकी कल्पना श्रेष्ठ ।
जनयुद्धबाट मुना नामले परिचित कल्पना श्रेष्ठलाई आजैको दिन अर्थात २०६० साल पौष २६ गते तात्कालिन शाही सेनाले निर्ममता पूर्वक हत्या गरेको थियो ।
सहिद कल्पना श्रेष्ठ मुनाको जिवनी
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका स्थित खाल्टेमा पिता बाबुलाल श्रेष्ठ र माता चोक कुमारी श्रेष्ठको कोख वाट वि.स.२०३८ साल कार्तिक १५ गतेका दिन ६ सन्तान मध्ये दोश्रो सन्तानको रुपमा जन्मनु भएको कल्पना श्रेष्ट क.मुनाको दाजु टंक कु. भाई पूर्ण व.,आरेमान, बहिनीहरु सुनिता र अनिता हुनुहुन्छ । उहाँले राजेन्द्र बराम संग जनवादी विवाह गर्नु भएको थियो ।
निम्न मध्यम वर्गमा जन्मनु भएको मुनाले किसान परिवारकी मुना निकै गरिबी भोक, रोग, संग लडेर वाल्यकाल् बिताउनु भएको थियो । खेतीबाट खान नपुग्ने परिवारको सदस्य मुना सानै देखि दुखलाई जीवन ब्यबहारमा बुझ्ने स्वाभावको हुनुहुन्थ्यो ।
मिलनसार, हँसिली, सबैलाई प्रभाव पार्न सक्ने अनावश्यक कुरा काटेको मन नपराउने मुना राननितीबाट टाढै हुनुहुन्थ्यो । विस्तारै विस्तारै जनयुद्धबारे रुचि देखाउँदै मुना क्रान्तिप्रति आकर्षित हुन थाल्नु भयो । औपचारिक शिक्षा हासील नगरेपनि उहााँ अरु भन्दा केही कमको हुुनुहुन्नथ्यो । परिवार पहिले देखिनै माओवादी समर्थक भएको कारण उहाँलाई पार्टीबारे जान्न त्यति गाह्रो परेन ।
समाजमा भएको महिला माथिको भेदभाव, छुवाछुत, रुढीवाद सबैको अन्त्यको लागी उहाँले जनयुद्धमा हाम फाल्नै पर्छ भन्ने निष्कर्षमा पुगेको कयौ कार्यक्रममा बताउने गर्नु हुन्थ्यो ।
उहाँ वि.स. २०५८ वैशाख २५ गते पुर्णकालिन हुनुभयो । २०५८ मै पार्टी सदस्यता पाउनु भएको मुना अ.ने.म.सघ (क्रान्तिकारी) को जिल्ला सदस्य बन्नु भयो । वि.स. २०६० सालमा पार्टीको जिल्ला सदस्य हुँदै मुना इलाका सेक्रेटरी पनि हुनुभयो ।
धादिङ कै दक्षिणी भुगोलमा पटक पटक दुश्मनको घेराबाट उम्कन सफल मुना दुश्मन (सरकारको सुरक्षाकर्मी) लाई चक्मा दिन निकै सिपालु हुनुहुन्थ्यो । जिल्लाको फौजी र गैह्र फौजी तत्कालिन कार्बाहीहरुमा सहभागी मुनाले नेवा राष्ट्रिय मुक्तिमोर्चामा रहेर पनि कार्यगर्नु भयो ।
नरिसाई दिएको जिम्मेवारी पुरा गर्ने मुना पार्टीकै कामको शिलशिलामा धादिङ जिल्लाको तात्कालिन केवलपुर गा.वि.स. केराबारीमा बास बस्नु भएको थियो । स्थानिय सुराकीले उहाँ बसेको खबर पु¥याए पछि सेनाले घर घेरा हाली कब्जामा लियो । वि.स. २०६० पुष २६ गते उहालाई तात्कालिन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।