धादिङमा आज काँग्रेसले ४ ठाउँमा प्रदर्शन गर्दै (स्थान समेत)

Avatar photo
Dhadingpost
पुस २५, २०७७

धादिङ पुस २५ । नेपाली काँग्रेस धादिङले प्रतिनीधि सभा विघटन विरुद्ध आज प्रदेश स्तरीय विरोध कार्यक्रम धादिङ विभिन्न ४ ठाउँहरुमा गर्ने भएको छ ।

कहाँ कहाँ हुँदै छ ? विरोध प्रदर्शन

प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा क्षेत्र नं. १ (१ं)
विरोध र्‍याली स् १। नौबिसेबजार पुलबाट र सुङ्गुरेखोला पुल (थाक्रे गाउँपालिका र धुनिबेसी नगरपालिकाको सीमाना) दुई ठाउँबाट सुरु भई धार्केबजारमा जम्मा भई कोण सभा गर्ने ।

प्रतिनिधिसभा क्षेत्र नं. १को प्रदेशसभा क्षेत्र नं. १ (२)
आदमघाट (पृथ्वी राजमार्ग) बाट मोटरसाइकल र्‍याली सुरु भई फुर्केखोला पुल (कालु पाण्डे मार्ग हुँदै बुङचुङ) बुङचुङबाट फर्किएर फुर्केखोला पुल हुँदै जोगिमारासम्म पुग्ने र आदमघाट, बुङचुङ मलेखुबजार पेट्रोलपम्प अगाडि चरौंदीबजार, जोगिमाराबजार मा कोण सभा हुने ।

प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. २ (१)
विरोध र्‍याली धादिङबेसी, सिरानबजारबाट सुरु भई पुछारबजार, मूलचोकसम्म पुगेर कोण सभा हुने ।

प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. २ (२)
विरोध र्‍याली मार्पाक, बोराङबाट सुरु भई खनियावास गाउँपालिका, वडा नं।४, किम्ताङफेदी पुगेर कोण सभा गर्ने ।

फाईल तस्वीर