सेनाले गोरखाबाट धादिङ हुँदै एकीकरण पदयात्रा गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, पुस १६, २०७७

धादिङ पुस १६ । नेपाली सेनाले गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौं सम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।

नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाह र उनका गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले पौष २१ गते देखि २७ गते सम्म पदयात्रा गर्ने भएको हो ।

पृथ्वीनारायण शाहले तत्कालिन गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका पदमार्ग समेटेर नेपाली सेनाको रणसिंह दल गणले गोरखा दरबारबाट टर्च र झन्डा लिएर धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बोर्लाङघाटमा आएर धादिङ स्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई पदयात्रामा प्रयोग गरिएको सेनाको झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।

त्यसपछि श्री देविदत्त गणको टोलीले धादिङको बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङगे पौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङ सम्मको करिब ४२ किलोमिटर दुरी पार गरी नुवाकोटमा रहेको श्री जबर जंङ गणलाई हस्तान्तण गर्नेछ ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो यात्रा हुन लागेको सेनाले जनाएको छ ।

गोरखा, धादिङ , नुवाकोट हुँदै काठमाडौं सम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाण्डौ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौ सम्म ओहोर दोहोर गरेको इतिहासमा भेटिन्छ ।

विसं २०३१ सालमा पृथ्वी राजमार्ग चालु हुनुअघि काठमाण्डौ बाट पश्चिमी भेगका बासिन्दा राजधानी काठमाण्डौ सम्म पैद लै ओहोर दोहोर गर्ने गरेको बुढा पाकाहरु बताउँछन् ।