धादिङ पुस १६ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-२ स्थित सिम्ले निवासी सुमित्रा तमु (तारा) सहित ८ जनाले आजैका दिन ०५९ साल पुस १६ गते सहादत प्राप्त गर्नु भएको थियो ।
तात्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धको क्रममा सिम्ले निवासी सुमित्रा तमु (तारा) सहित ८ जनालाई रसुुवाको डाँडा गाउँमा तात्कालिन शाही सेनाले हत्या गरेको थियो ।
सुमित्रा तमु (तारा) को परिचय
धादिङ्ग जिल्ला निलकण्ठ गा.वि.स. वडा न. ७ सिम्लेमा बाबा रविलाल तमु र आमा दुढीमाया तमुको कोखबाट वि.स. २०३६ साल भाद्र २८ गते जन्मनु भएकी सुमित्रा तमु ताराको दाजु आइते, लिला, भाई हरी, दिदी सेती र बहिनी सर्मिला तमु हुनुहुन्छ । किसान परिवारमा जन्मेकी ताराले नजिकैको कालिका प्रा.वि. बाट कक्षा ५ को पढाई सक्नु भई ८ सम्मको पढाई सरस्वती मा.वि. धुवाकोटबाट गर्नु भयो । कृषि पेशानै जीबिको पार्जनको आधार भएको निम्न मध्यम संयुक्त परिवारका तारा बाल्यकालमा निकै दुख सँग हुर्कनु भएको हो ।
जनयुद्धले स्थापि गरेको सुमित्राको नाम तारा हो । उहाँ सानै देखि मिलनसार, नम्रबोली हसिलो, ख्याल ठट्टा गर्ने स्वभाव दिएको कार्य जसरी भएपनि पुरा गर्ने खालको हुनुहुन्थ्यो । उहाँकोे परिवार पहिला एमाले हुनुहुन्थ्यो र २०५६ साल पछि माओवादी पार्टीमा लाग्नु भयो । सुमित्राले पढाई छोडेपछि सिलाई बुनाईको तालिम लिनु भयो ।
वि.स. २०५७ साल मंसिर मा भुमिगत जीवन अंगालेकी ताराले त्यहि साल नै पार्टी सदस्यता प्राप्त गर्नु भयो । पार्टीको इलाका सदस्य, तमु रा.मु.मो. जिल्ला सचिव, अ.ने.म.संघ (क्रान्तिकारी) को २०५८ मा जिल्ला सदस्य बनेकी ताराले जिल्ला भरिका जनजाति तथा तमुहरुलाई जनयुद्धको आवश्यकता र महत्व पढाउनु भयो ।
पार्र्टीका जिल्ला क्षेत्र, प्राविधिक, आधारभुत फौजि तालिम समेत लिगेकी तारा केहि समय स्क्वायर्डको सदस्य बनेर नुवाकोट धादिङमा काम गर्नुभयो । नुवाकोटको तारुका चौकी आक्रमण लगायत विभिन्न तत्कालिन फौजी र सेवोटेजका कार्वाहिमा सहभागी तारा निकै निडर हुनुहुन्थ्यो ।
उहाँले धादिङ्ग नुवाकोट रसुवा तिनै जिल्लामा काम गर्नु भयो । यसै शिलसिलामा उहाँ लगायत सम्पुर्ण टिम अभियानमा थियो । उक्त अभियानको क्रममा रसुुवा जिल्लाको तात्कालिन डाडा गाउँ गा.वि.स.मा अघिल्लो दिन कार्यक्रम गरेर त्यही वास बस्नु भयो । उक्त कुरा स्थानिय सुराकी मार्फत आर्मी ब्यारेकमा पुगेपछी कालीका स्थानबाट राति नै आएको सेनाले बिहान ३ बजे नै बस्ती घेरा हाल्यो ।
असाध्यै वाक्लो गाउँ अङ्खठ्यारो ठाउँ दुश्मनको मजबुत घेरा तोड्न कठिन प¥यो दुश्मनले भटाभट ८ जना निसस्त्र माओवादी योद्धा माथि गोलि हानि सामुहिक हत्या ग¥यो । यसरी वि.स.२०५९ पुस १६ गते ८ जना सहयोद्धाको साथमा ताराले सहादत प्राप्त गर्नुभएको थियो ।