
काठमाडौं पुस १५ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–माधव) समूहले बागमती प्रदेशको संसदीय दलमा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो ।
मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको प्रचण्ड पक्षले शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव समेत गरेको छ ।
