राप्रपाको मागः राजा सहितको प्रजातन्त्र

Avatar photo
Dhadingpost
पुस १२, २०७७

धादिङ पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा मोटसाईकल र्याली गर्दै राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र घोषण गर्न माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व राज्यमन्त्री परशुराम तामाङका अनुसार शनिबार काठमाडौंको बबरमहलबाट सुरुभएको उक्त मोटर सार्ईकल र्याली दरमागमार्ग पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कोण सभालाई अध्यक्ष कमल थापाले जनता राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र चाहान्छन् । देशभर भैरहेको जनप्रदर्शनहरु यहि मागका लागि भएको भन्दै अध्यक्ष थापाले माग पुरा नभए सम्म आन्दोलन जारी रहने समेत बताउनु भएको थियो ।

उक्त प्रदर्शनका लागि धादिङबाट ५ सय भन्दा बढी युवाहरु मोटरसाईकल र्यालीमा सहभागि बनेको पूर्व राज्यमन्त्री तामाङले बताउभयो ।