धादिङमा ब्याडमिन्टन प्रतियोगिता भोलि देखि हुने, १७४ टिम सहभागि

Avatar photo
नारायण सिलवाल
बुधबार, पुस ८, २०७७

धादिङ पुस ८ । धादिङ जिल्ला ब्याडमिन्टन संघ धादिङको आयोजनामा हुन लागेको खुल्ला जिल्ला स्तरीय ‘प्रथम मेयर कप’ ब्याडमिण्टन प्रतियोगिताको अन्तिम तयारी सकिएको अध्यक्ष विष्णुलाल श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

८ विधामा हुनलागेको उक्त प्रतियोगितामा सबै विधा गरि १७४ टिमले भाग लिने भएका छन् । जिल्ला सदरमुकाम स्थित कभर्डहलमा हुने उक्त प्रतियोगिताको उद्घाटन नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले पौष ९ गते (भोली) बिहान ९ बजे उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

कुन विधामा कति टिम

  • जिल्ला स्तरीय पुरुष एकल २१ टिम
  • स्तरीय पुरुष युगल १६ टिम
  • जिल्ला स्तरीय महिला एकल १४ टिम
  • १९ वर्ष मुनिका केटा एकल ११ टिम
  • भेन्ट्रान्स ४५ ओभर पुरुष एकल १२ टिम
  • पालिका अन्तरगत पुरुष युगल बी ३५ टिम
  • अफिसर्स टिम युगल १८ टिम
  • नगरपालिका अन्तरगत पुरुष युगल सी ४७ टिम

पुरस्कार राशी

  • पुरुष एकल प्रथम पुरस्कार राशी ३० हजार
  • जिल्ला स्तरीय पुरुष युगल प्रथम पुरस्कार राशी ३५ हजार
  • जिल्ला स्तरीय महिला एकल प्रथम पुरस्कार १२ हजार
  • १९ वर्ष मुनिका केटा एकल प्रथम पुरस्कार १५ हजार
  • भेन्ट्रान्स ४५ ओभर पुरुष एकल प्रथम पुरस्कार ३० हजार
  • पालिका अन्तरगत पुरुष युगल बी प्रथम पुरस्कार २० हजार
  • अफिसर्स टिम युगल तर्फ प्रथम पुरस्कार १५ हजार
  • नगरपालिका अन्तरगत पुरुष युगल सी को लागि प्रथम पुरस्कार १५ हजार