
एजेन्सी पुस ८ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि इजरायलको संसद् विघटनको निर्णय गरेको छ ।
गठबन्धनको सरकारलाई मंगलबार मध्यरातसम्म बजेट पारित गराउने म्याद थियो । तर, अन्तिम समयसम्म पनि बजेटमा सहमति जुट्न सकेन । नेतान्याहूले आफूले निर्वाचन नचाहेको तर गान्ट्जको कारण निर्वाचनमा जानुपर्ने बाध्यता आइपरेको बताउनु भएको छ ।
संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ ।