
काठमाडौं पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै प्रेम कुमार राई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णय भएको छ ।
संसद् विघटन भएपछि संवैधानिक आयोगबारे संसदीय सुनुवाई पनि हुँदैन । सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएको सिफारिस संसदमा दर्ता गराएको संसद सचिवालय स्रोतले जनाएको छ ।
कांग्रेस सभापति देउवाले नाम उपलब्ध गराएका पुर्व आईजिपी जय बहादुर चन्द पनि अख्तियारमा आयुक्त हुनुभएको छ । यस अघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि पटक पटक छलफल भएको थियो ।