धादिङबेसीमा पौष ९ गते देखि जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगित हुने टिम दर्ता जारी

Avatar photo
Dhadingpost
शनिबार, पुस ४, २०७७

धादिङ पुस ४ । धादिङबेसीमा पहिलो पटक धादिङ जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता आगामी बिहिबार अर्थात पौष ९ गतेबाट हुने भएको छ ।

धादिङ जिल्ला व्याडमिन्टन संघ धादिङको आयोजनामा हुन लागेको खुल्ला जिल्ला स्तरीय ‘प्रथम मेयर कप’ ब्याडमिण्टन प्रतियोगितामा धादिङ जिल्ला भित्र छरिएर रहेका खेलाडीहरुले भाग लिन पाउने संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनु भयो ।

विभिन्न ८ विधामा बढीमा २ इभेन्टमा प्रतिश्पर्धा गर्न पाईने यस खुल्ला जिल्ला स्तरीय ‘प्रथम मेयर कप’ ब्याडमिण्टन प्रतियोगितामा भाग लिनको लागि पुस ७ गते सम्म टिम दर्ता गराउन सकिने अध्यक्ष श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

जिल्ला स्तरीय पुरुष एकल तर्फ प्रथम पुरस्कार राशी ३० हजार छ भने टिम दर्ताको लागि १ हजार लाग्ने छ । जिल्ला स्तरीय पुरुष युगलको प्रथम पुरस्कार राशी ३५ हजार छ भने टिम दर्ता शुल्क २ हजार लाग्ने छ । जिल्ला स्तरीय महिला एकलको प्रथम पुरस्कार १२ हजार छ भने टिम दर्ता २ हजार लाग्ने छ ।

यस्तै १९ वर्ष मुनिका केटा एकलको प्रथम पुरस्कार १५ हजार रहेको छ भने टिम दर्ता गर्न ५०० लाग्ने छ । भेन्ट्रान्स ४५ ओभर पुरुष एकलको प्रथम पुरस्कार ३० हजार रहेको छ भने टिम दर्ता गर्न शुल्क २ हजार लाग्ने छ ।

त्यसैगरी पालिका अन्तरगत पुरुष युगल बी प्रथम पुरस्कार २० हजार टिम दर्ता शुल्क २ हजार छ । अफिसर्स टिम युगल तर्फ प्रथम पुरस्कार १५ हजार छ भने टिम दर्ता गर्न २ हजार लाग्ने छ । नगरपालिका अन्तरगत पुरुष युगल सी को लागि प्रथम पुरस्कार १५ हजार छ भने टिम दर्ता गर्न २ हजार लाग्ने छ ।