
एजेन्सी पुस २ । चीनको चाङ्ग–अ फाइभ अभियानअन्तर्गत अन्तरिक्ष यान भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।
चीनको उक्त मानवरहित अन्तरिक्ष यानले चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको हो ।
यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन ग¥यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन् ।
“चीनले लामो समयदेखि यसको लागि तयारी गरिरहेको एस्ट्रोफिजिक्स अनुसन्धानकर्ता हार्वर्ड स्मिथसोनियन सेन्टर जोनाथन म्याकडोवेलले बताएका एएफपीले जनाएको छ ।