सर्वोच्चमा अध्यादेशविरुद्ध रिट दायर

Avatar photo
Dhadingpost
पुस १, २०७७

काठमाडौं पुस १ । अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्‍च अदालतमा रिट दाएर गर्नुभएको छ ।

अध्यादेशको कानुनी व्यवस्थाको अध्ययन गर्न सूचनासमेत नपाएको एवं सो प्रयोजनका कुनै सूचनासमेत उपलब्ध नगराइ अध्यादेश जारी भए लगत्तै हतारहतारमा संवैधानिक परिषदको बैठक बोलाइएको उक्त रिट निवेदनमा उल्लेख गरिएको छ ।

निवेदक अधिवक्ता अर्यालले अध्यादेश संविधानसँग बाझिएको भन्दै उक्त अध्यादेश खारेज हुुनुपर्ने माग रिटमा माग गर्नुभएको छ ।