अध्यादेशको चौतर्फी विरोध

Avatar photo
Dhadingpost
मंसिर ३०, २०७७

काठमाडौं मंसिर ३० । प्रधान मन्त्रीको आग्रहमा राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद्को बैठक सम्बन्धी अध्यादेशको चौतर्फी विरोध सुरुभएको छ ।

प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदको नियमित अधिवेशन बस्ने समयमा अध्यादेश ल्याउनुको औचित्य नरहेको बताउनु भएको छ । देउवालार्ई उधृत गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भन्नु भयो, अध्यादेश ल्याउने कार्य विल्कुल गलत छ।’

यस्तै प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी अध्यादेश जारी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधवकुमार नेपाल र झलनाथ खनालले पनि विरोध जनाउनु भएको छ ।