नेपालमा कोरोना संक्रमित संख्या २ लाख ४७ हजार ५९३ जना पुग्यो

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २७, २०७७

काठमाडौं मंसिर २७ । आज मुलुकभर ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४७ हजार ५ सय ९३ जना पुगेको छ ।

१८ लाख २५ हजार ८ सय ६० जनाको पिसीआर परीक्षण गरिएको छ । त्यस्तै, सक्रिय संक्रमित ११ हजार ६ सय ७३ छन् । १३ सय ५९ संक्रमणमुक्त भएका पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ३४ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६ सय ८९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।