गैंडाको खाग सहित ५ जना पक्राउ

Avatar photo
Dhadingpost
मंसिर २६, २०७७

धादिङ मंसिर २६ । प्रहरीले संरक्षित वन्य जन्तु गैंडाको खाग सहित ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई बिहिबार स्वयम्भु किमडोलबाट पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार लगिएको छ ।

पक्राउ परेका व्यक्तिहरु :
१. नाम:- रिकेश शाक्य
उमेर :– ४१ वर्ष
ठेगाना:- का.जि.का.म.पा-२३ झोंछे
२. नाम:- सुरेश शाक्य
उमेर :– ३५ वर्ष
ठेगाना:- का.जि.का.म.पा-२३ झोंछे
३. नाम:- अनिल श्रेष्ठ
उमेर :– ३९ वर्ष
ठेगाना:- का.जि.का.म.पा-२३ झोंछे
४. नाम:- रामसिंह तामाङ
उमेर :– २६ वर्ष
ठेगाना:- जि.नुवाकोट मेघाङ गा.पा.-६
५. नाम:- मुना तामाङ
उमेर :– २२ वर्ष
ठेगाना:- जि.नुवाकोट मेघाङ गा.पा.-६