क्यानडा पठाई दिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७७

धादिङ मंसिर २४ । क्यानडा पठाई दिन्छु भनेर क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट समेत देखाई ठगि गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुक मार्फत चिनजान गर्दै काडमाडौं नागार्जुन १६ मनमैजु बस्ने खिन्त बिर सारुलाई क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट समेत देखाई १४ लाख ठगि गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेको विवरण
१. नाम :- रेनुका सारु
उमेर :- ४२ बर्ष
स्थायी वतन :- जिल्ला अर्घाखाँची तिलगंगा वडा नं. १ तल्लोटोल
२. नाम :- शेख सम्सुर आलोन
उमेर :- ४९ बर्ष
स्थायी वतन :- भारत पश्चिम बंगाल कलकत्ता बर्दमान
मिति : २०७७।०८।२३ गते ।