काठमाडौं मंसिर २४ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन सुरु गरेको छ । आयोगले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको विज्ञप्तीमा भनिएको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ती भनिएको छ, आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ । व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ ।
विज्ञप्ती जस्ताको तस्तैः
मोरङको मिक्लाजुङ घटनाको अनुगमन सुरु
हत्याको घटनाका दोषीलाई कानूनी दायरामा ल्याऊ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ । व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ ।
नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ ।
आप्mना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दछ । साथै, कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
डा. टीकाराम पोखरेल
प्रवक्ता
(सहसचिव)