सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको घोषणा

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २३, २०७७

धादिङ मंसिर २३ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको घोषणा गरिएको छ ।

सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ घोषणा गरिएको हो ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।