विद्युतीय बस संचालनका लागि बागमती प्रदेशमा ७ वटा रुट

Avatar photo
Dhadingpost
मंसिर २२, २०७७

धादिङ मंसिर २२ । बागमती प्रदेशमा बिद्युतीय बस संचालनको लागि ७ वटा रुट तयार भैसकेको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले बताउनु भएको छ ।

इन्धनबाट चल्ने सवारी साधनलाई विस्थापित गर्दै विद्युतीय बस संचालन ल्याउने तयारी अनुरुप ७ वटा रुट तयार भइसकेको मन्त्री फुँयालले बताउनु भएको हो ।

देशको मुख्य सहरहरु क्रमश हेटौँडा, भरतपुर, सिन्धुली, नुवाकोट, धुलिखेल, काठमाडौं उपत्यका र धादिङमा बिद्युतीय सवारी साधन संचालनको लागि रुट तयार भइसकेको र निजी क्षेत्रको व्यवसायीहरुलाई बस खरीद गरी संचालन गर्न आग्रह गरिएको समेत उहाँले बताउनु भयो ।

चार्जिङ स्टेशन निर्माणको लागि ११९ वटा स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको र भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, मनोहरा र संखपुर नगरपालिका गल्छी र कागेश्वरी गाउँपालिका, लगायत ८ वटा स्थानीय तहले चार्जिङ स्टेशनको लागि जग्गा उपलब्ध गराउने आशय पत्र पठाई सकेको मन्त्रालयले जनाएको छ ।