धादिङका कौशल रुपाखेती प्रधानमन्त्री कप प्रतियोगिताका लागि छनौंट

Avatar photo
दिपेश कडेल
सोमवार, मंसिर २२, २०७७

धादिङ मंसिर २२ । धादिङको धुनीबेसी नगरपालिकाका कौशल रुपाखेती काठमाडौं जिल्लाबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौट हुनु भएको छ ।

काठमाडौँं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने खेलाडी छनौट गरे सँगै धादिङका कौशल रुपाखेती छनौटमा पर्नु भएको हो ।

धादिङ जिल्लामा क्रिकेट संघ गठन नभएको हुँदा उक्त प्रतियोगितामा धादिङले भाग लिन नपाउने भएकोले धादिङका खेलाडीहरु संघ गठन भएका जिल्लाहरुमा भएको छनौट प्रतियोगितामा भाग लिई रहेका छन् ।

यहि क्रममा रुपाखेती काठमाडौं जिल्लाबाट छनौट भएका छन् भने अन्य धादिङका ५ जना खेलाडीहरु नुवाकोट जिल्लाले गर्ने छनौंट प्रतियोगितामा भाग लिँदै छन् ।