काठमाडौं मंसिर २१ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली नआए पनि सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक मंसिर २८ सम्मलाई स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको स्थायी समितिको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव प्रस्ताव अध्ययनका पेस गर्दै एक हप्ता लागि बैठक स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको श्रेष्ठले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।
पत्रमा ओलीले पुरानै अडान दोहोर्याएको प्रवक्ता श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।