
काठमाडौं मंसिर १८ । कोरोना बीमाको रकम तीन दिनभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र एवं संस्थान समन्वय महाशाखाले समितिलाई पत्र लेख्दै बिमा दाबी भुक्तानी तीन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
कोरोना बीमा भुक्तानीको दाबी गर्न पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन र मन्त्रालयलाई नियमित जानकारी गराउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
त्यस्तै भेरिफिकेसन गर्न बाँकी दाबीको भेरिफिकेसन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउनसमेत अर्थमन्त्रालयले बीमा कम्पनीहरूलाई दिएको निर्देशनमा उल्लेख गरिएको छ ।
