नेकपाको बैठक सकियो: सचिवालय बैठकको औचित्य नभएको ओलीको धारणा

Avatar photo
Dhadingpost
मंसिर १६, २०७७

काठमाडौं मंसिर १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालको बैठकमा सुरुमै प्रधान मन्त्री ओलीले आफ्नो धारणा राख्दै सचिवालयको बैठकको औचित्य नभएकोले बैठक आवश्यक नभएको धारणा राख्नु भएको छ ।

बैठकको औचित्य पनि छैनु, ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ुत्यसैले अब बैठक नराखौं । ती सचिवालय सदस्यका अनुसार विष्णु पौडेल बाहेक सबैले बैठक राख्नुपर्ने कुरामा जोड दिएका थिए। ुविष्णु कमरेड भने मौन बस्नुभयोु, उनले भने ।

बैठकमा पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि मंसिर १३ को बैठकमा ओलीले लगाएको आरोपको बुँदागत रुपमा खण्डन गर्नुभएको थियो । नेकपाको सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजेलाई तोकिएको छ।