
काठमाडौं मंसिर १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।
