
धादिङ मंसिर १४ । राजावादीहरुले बागमती प्रदेशको राजधानी हेटौंडामा हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै प्रदर्शन गरेका छ् ।
हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आएको छ ।