काठमाडौं मंसिर १४ । चिनियाँ रक्षामन्त्री बेइ फेङ्हे काठमाडौं आईपुग्नु भएको छ । २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ आउनु भएका रक्षामन्त्री बेइ फेङ्हे नेपालमा ८ घण्टा रहनुहुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आजै साँझ स्वदेश फर्किने कार्यतालिका छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।