ओलीले आजको सचिवालय बैठकमा प्रस्ताव पेश गर्ने

Avatar photo
Dhadingpost
मंसिर १३, २०७७

काठमाडौं मंसिर १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार अपराह्न १ बजे बस्ने सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित प्रस्ताव पेश गर्ने बताईएको छ ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको प्रस्तावको प्रतिवाद स्वरुप ओलीले आज प्रस्ताव गर्ने बताईएको छ

ओलीको प्रस्ताव मुलतः प्रचण्डले आफ्नो प्रस्तावमा लगाएको आरोपको प्रतिवादमा केन्द्रित हुने उनी निकटका नेताहरुले बताएका छन् । त्यसका साथै, प्रचण्डको कार्यशैलीमाथि प्रश्न पनि उठाइने छ ।