चीनको चन्द्रमा उत्पत्ति अध्ययन गर्न ढुङ्गा योजनामा

Avatar photo
Dhadingpost
मंसिर ९, २०७७

काठमाडौं मंसिर ९ । चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ।

मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङुए-५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ। ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।

सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो।

यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुने बीबीसीले जनाएको छ ।

x