सालकको खपटा सहित दुजना पक्राउ

Avatar photo
Dhadingpost
मंसिर ८, २०७७

धादिङ मंसिर ८ । प्रतिबन्धित सालकको खपटा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चाबहिल स्थित शान्तिगोरेटो चोकबाट १ kg २५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपटा सहित प्रहरीले बिनोद तामाङ र लालसिंह तामाङलाई प्रहरीले आईतबार पक्राउ गरेको हो । उनीहरु दुबै जना काभ्रे निवासी हुन् ।

पक्राउ पर्ने दुई जनाको विवरण
१. नाम:– बिनोद तामाङ
उमेर :– २५ बर्ष
ठेगाना:– जिल्ला काभ्रे महाभारत गा.पा. वडा न २ बाल्टिङ
हालको ठेगाना:- का.जि.स्वयम्भु
२. नाम:– लाल सिंह तामाङ
उमेर :– ४७ बर्ष
ठेगाना:– जिल्ला काभ्रे सल्ले भुल्बु गा.पा. वडा न ३
हालको ठेगाना:- का.जि. चाबहिल