
धादिङ मंसिर ३ । पिडितबाट ११ लाख ६३ हजार ९०० बराबरको धनमाल डाँका गरेको अभियोग लागेका प्रतिवादी जगन्नाथ ढकाल प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ ।
ढकाल सहितको समुहले काठमाण्डौको जडिवुटीमा पिडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्न कराउन नदिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगेर ११ लाख ६३ हजार ९०० बराबरको धनमाल डाँका गरेको अभियोग लागेपछि ढकाल फरार थिए ।
प्रतिवादी जगन्नाथ ढकाल जिल्ला मकवानपुर हेटौडा उप महानगर पालिका वडा नं ७ नागसोतीका स्थायी वासी हुन् अदालतबाट दोसी ठहरभए फरार रहेका थिए ।
घटना विवरण :
१. मिति २०६१।०६।०७ गतेका दिन जाहेरवाला नारायण खनाल बनेपा मिटिङबाट बा.१६ प. ६८२१ नम्वरको मोटरसाईकलमा फर्कदै गरेको अवस्थामा का.जि. जडिवुटीमा आईपुग्दा तत्काल नाम थर नखुलेका ५ जना व्यक्तिहरुले हामी सुरक्षाकर्मी हौं भनि मोटरसाईकल रोकी नारायण खनाललाई वोल्न कराउन नदिई मुखमा टेप समेत लगाई भ्यान भित्र राखी एकान्तस्थानमा लगी निजले ब्यागमा बोकेको नगद रु. १०,२५,०००।-, निजको साथमा रहेको मोवायल र चढि आएको बा.१६प. ६८२१ नम्वरको पल्सर मोटरसाईकल समेत गरी जम्मा रु.११,६३,९००।- विगो बराबरको धनमाल डाँका गरेको ।
२. घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा जगननाथ ढकाल समेत ११ जना व्यक्तिहरुको संलग्नता रहेको खुल्न आई प्रतिवादी कायम भएको ।
३. मिति २०६३।११।१३ को पुनरावेदन अदालत पाटनको आदेशले निजलाई थुनामा राख्ने आदेश भएपछि निज तारेख गुजारी बसेकोमा मिति २०६४ साल भदौ ६ गतेको काठमाण्डौ जिल्ला अदालतको फैसलाले निज प्रतिवादी जगन्नाथ ढकाललाई ६ बर्ष कैद र जरिवाना रु. १,९६,६५०।- सजाय हुने गरी फैसला भएको ।
