नेकपा सचिवालयको बैठक, १० दिन पछि बस्ने गरि सकियो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ३, २०७७

काठमाडौं मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक अब १० दिन पछि बस्ने गरि सकिएको छ ।

अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।कात्तिक २८ गते बसेको सचिवालय बैठक आज सम्मका लागि स्थगित गरिएको थियो ।