
काठमाडौं मंसिर १ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित १५ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका–७ का चक्रबहादुर खड्का छन् ।
प्रहरीले उनीहरुको साथबाट ३ लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ ।