ट्रम्पका समर्थक र विपक्षी बीच वाशिङ्टनमा झडप

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ३०, २०७७

एजेन्सी कार्तिक ३० । अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन् ।

वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको खबरहरू आएका छन् । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए ।
राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् ।निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन् । ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन् । बीबीसीले जनाएको छ ।