धादिङबेसी कार्तिक २९ । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा कोरोना भाईरस संक्रमणको महामारी पछि पहिलो पटक धादिङबेसीमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
धादिङबेसी सिरानबजार (शितलबजार) को ब्वाइज युनाईटेडले धादिङबेसी स्थित खुल्लामञ्च खेल मैदानमा मैत्रिपूण फुटबल प्रतियोगिता आयोजना गरेको हो । उक्त मैत्रिपूण फुटबल प्रतियोगिता ब्वाइज युनाईटेड शितलबजार र योङ् स्टार क्लव साँङ्कोस बीच भएको ब्वाइज युनाईटेडका नि. वर्तमान अध्यक्ष राजन भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।
प्रतियोगितामा आयोजक ब्वाइज युनाईटेडका लागि राजन बिक, विष्णु थपलिया, सर्जु गुरुङ र थोमन पाख्रिनले १-१ गरि ४ गोल र योङ् स्टार क्लव साँङ्कोसका लागि राजेश गुरुङ र सुरज गुरुङले १-१ गरी २ गोल गरेका थिए ।