
धादिङ कार्तिक २७ । कलंकी स्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा नुवाकोट घर भएका ३ जनाको मृत्यु भएको छ, भने एक जना घाईते छन् ।
मृत्यु हुनेमा नुवाकोटका २४ वर्षीय रोशन तामाङ, ३७ वर्षीय माधव घिमिरे र नाम खुल्न बाँकी अर्का एक जना रहेका छ्न् भने घाइते नुवाकोट कै २२ वर्षीय विजय तामाङ रहेको प्रहरीले जनाएको छ ।
