गंगालाल तुलाधरद्वारा गल्छी ३ को वडा कार्यालय भवन शिलान्यास

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७७

धादिङ कार्तिक २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा विपद् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ ले निमार्ण गर्न लागेको कार्यालय भवनको शिलान्यास गर्नु भएको छ ।

शिलान्यास कार्यक्रममा, पूर्व शिक्षा मन्त्री समेत रहेका तुलाधरले विकासको काममा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिँदै क्रमिकरुपमा गाउँघरको विकासको काम अगाडि बढिरहेको बताउनु भयो । ‘संघीयताले अवसरहरु गाउँघरसम्म ल्याएको छ,’ ‘अब आम नागरिकको आवश्यकता र चाहनाअनुसार विकास निर्माणको काम अगाडि बढ्नुपर्छ तुलाधरले भन्नुभयो।’

कार्यालय भवन ८७ लाखमा निमार्ण हुन लागेको वडा अध्यक्ष कपिल रेग्मीले धादिङपोष्टलाई जानकारी भयो ।

बुधबार नै डा. तुलाधरले गल्छी ३ कै धादिङ आधारभूत विद्यालयको निर्माणाधीन भवनको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिना, नेकपाका जिल्ला सदस्यहरु नरेश खतिवडा, केदार खतिवडा लगायतको सहभागिता रहेको थियो ।