सहकारी समाज रुपान्तरणको आधार हो -उपप्रमुख ढुङ्गाना

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २६, २०७७

धादिङ कार्तिक २६ । गजुरी गाउँपालिकाको उप-प्रमुख सिता ढुङ्गानाले सहकारी समाज रुपान्तरणको आधार भएको बताउनु भएको छ ।

नवजीवन साना किसान सहकारी संस्था गजुरीको टोल टोलमा भै रहेको साधारण सभा अन्तरगत मंगलबार भएको गजुरी ६ रिमाल्टारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी समाज रुपान्तरणको आधार भएको बताउनु भएको छ ।

नवजीवन साना किसान सहकारीमा महिलाहरुको काम उत्साहजनक रहेको यस सहकारीले उत्पादन गरेको सामाग्रीहरु बेचविखनका लागि कोसेलीघर निमार्णका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

यो महिला सहकारी नभएता पनि महिला मात्रै सदस्य छन् । कोरोना संक्रमणको जोखिमका कारण टोल टोलमा पुगेर वार्षिक साधारण सभा गरि रहेको यस सहकारीमा १ हजार १३५ जना सदस्य रहेका छन् । यस सहकारीले २८ गते सम्म टोल स्तरीय साधारण सभाको मिति तय गरेको छ ।