प्रचण्ड सचिवालयको बैठक बोलाउने तयारीमा

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २५, २०७७

काठमाडौं कार्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको बैठक बोलाउने तयारी गर्नु भएको छ। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझसम्म पनि बैठक नबोलाएपछि प्रचण्डले सचिवालयको औपचारिक बैठक बोलाउने तयारी गर्नुभएको बताईएको छ ।

बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन लिखित आग्रह गरेका थिए। तर प्रधान मन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन चासो नदिएपछि प्रचण्डले औपचारिक बैठक बोलाउने गृहकार्य गर्नुभएको नेकपा स्रोतले जनाएको छ ।

राजनीति

औपचारिक सचिवालय बैठक बोलाउने प्रचण्डको तयारी
टद्धहटद्ध
वीरेन्द्र ओली
सोमबार, कात्तिक २४, २०७७, २१स्१२
द्धढछ
क्जबचभक
ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयल
ज्ञज्ञद्धण्हठद्दछ
काठमाडौँ( नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक सचिवालय कमिटी बैठक बोलाउने तयारी गरेका छन्। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझसम्म पनि बैठक नबोलाएपछि प्रचण्डले सचिवालयको औपचारिक बैठक बोलाउने तयारी गरेका हुन्।

गत शुक्रबार पनि प्रचण्डले सचिवालय बैठक बोलाएपनि त्यसलाई अनौपचारिक भनिएको थियो। त्यसपछि बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन लिखित आग्रह गरेका थिए। तर उनले तत्काल बैठक बोलाउन चासो नदिएपछि प्रचण्डले औपचारिक बैठक बोलाउने गृहकार्य थालेका हुन्।

‘अबको केही दिनमा पार्टी सचिवालयको बैठक बस्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘तत्काल बैठक बस्ने वातावरण नबने बहुमत सचिवालय सदस्यको मात्रै भएपनि औपचारिक बैठक बस्छ ।’ प्रचण्डसहित बहुमत सचिवालय सदस्य तत्काल सचिवालय बैठक बोलाउनुपर्ने अडानमा यथावत छन् ।