
काठमाडौं कार्तिक २० । नेपाल–भारतबीच कैयौंपटक तिक्ततापूर्ण अवस्था आउँदा दुई देशको सैन्य सम्बन्धले पूलको काम गरेको छ ।
हालसम्म १७ जना भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरिसकेका छन् । १८औं मानार्थ महारथीको पदवी बिहीबार नरवणेले पाउँदैछन् । नेपालका तर्फबाट अहिलेसम्म १४ जनाले भारतीय सेनाको मानार्थ महारथी पाएका छन् ।
सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो ।
नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।